दफा ४०
पारस्परिक कानूनी सहायताको लागि पठाइएको अनुरोधपत्र नेपाली भाषामा हुनु पर्ने
(१) यस ऐन बमोजिम पारस्परिक कानूनी सहायताको लागि विदेशी राज्यले नेपाल सरकार समक्ष गरिएको अनुरोधपत्र नेपाली भाषामा लेखिएको हुनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको अनुरोधपत्र कुनै विदेशी भाषामा लेखिएको रहेछ र त्यस्तो अनुरोध पत्रको नेपाली भाषामा अनुवाद गर्न व्यवहारिक नहुने कारण देखाई अंग्रेजी भाषाको सक्कल प्रति वा अन्य भाषाबाट अंग्रेजी भाषामा गरिएको त्यसको आधिकारिक अनुवाद संलग्न गरिएको भएमा त्यस्तो अनुरोध पत्र केन्द्रीय अधिकारी वा सम्बन्धित अदालतलाई स्वीकार्य हुनेछ ।